सलमानको बर्थ डे पार्टीमा देखिइन् ऐश्वर्याजस्तै युवती -

मुम्बई । अभिनेता सलमान खानले आफ्नो ४९ औं जन्मदिन भब्य रुपमा मनाएका छन् । सलमानलाई बहिनी अर्पिता र ज्वाई अलबीराले विषेश खालको केक उपहार दिएका थिए ।
स्टे्रबरीवाट बनेको केकमा ‘हयाप्पी बर्थ डे भाइ’ लेखिएको थियो । जन्मदिन मनाउनकै लागि एक दिन छुट्टी लिएका सलमानले मुम्बइमा रहेको पनवेल फार्महाउसमा भब्य पार्टी आयोजना गरका थिए ।

सो पार्टीमा एउटा अनौठो दृष्य देखियो । कुनै बेलाकी सलमानकी प्रेमिका ऐश्वर्या रायजस्तै जस्तै अनुहार भएकी युवती त्यहाँ उपस्थीत थिइन् ।
ती युवती हुन् नायिका स्नेहा उलाल । सूत्रहरुका अनुसार स्नेहालाई डेब्यु गराउने योजना सलमानले बनाएका छन् । सलमानको साथ पाएर बलिउडमा भाग्य चम्काउने नायिकाको सूची लामो छ जसमा कटि्रना कैफदेखि ज्याकलिनसम्म छन् ।
सलमानको जन्मदिन पार्टीमा प्रीयंका चोपडा,अजय देबगण, रितेश देशमुख, मलाइका अरोरा, इमरान खान, सुनिल शेट्ठी, विद्या वालान लगायतका कलाकारको उपस्थिती थियो ।
सोहा अलि खान ब्वाइप|mेण्ड कुणाल खेमुसँगै गएकी थिईन् भने अमृता अरोरा श्रीमान शकीलसँगै उपस्थित थिइन् ।

0 comments

Write Down Your Responses