प्रदेशको संख्या ३ वा ४ : प्रधानमन्त्री कोइराला

'संविधानका मुख्य विवादित विषयमा दलहरु सहमति नजिक'
११ पुस, काभ्रे । प्रधानमन्त्री सुशील कोइरालाले शासकीय स्वरुप र संघीयताका विषयमा दलहरु सहमति नजिक रहेको दाबी गरेका छन् ।


काभ्रेस्थित सूचना प्रविधि पार्कमा शुक्रबारदेखि सुरु भएको नेपाल जेसिसको ४१ औं राष्ट्रिय महाधिवेशनमा उनले संविधानका मुख्य विवादित विषयमा दलहरु नजिकिएको बताएका हुन् ।
प्रदेशका संख्या कति हुने भन्ने विषय बढी पेचिलो भएको भन्दै उनले पूर्वाधार नभएकाले सकेसम्म थोरै बनाउने प्रयास भैरहेको जानकारी दिए । ‘प्रादेशिक संरचना बढी भए हाम्रा लागि लाजमर्दो हुन्छ,’ प्रधानमन्त्री कोइरालाले भने, ‘अहिले प्रस्तावित प्रादेशिक संख्यालाई तीन वा चारमा पनि झार्न सकिन्छ ।’

प्रधानमन्त्री कोइरालाले जतिसुकै उतार चढाव आए पनि संविधान माघ ८ मै आउने ठोकुवा गरे । उनले संविधान बन्दैन कि भनेर निराश नहुन सबैलाई आग्रह गरे ।
प्रधानमन्त्री कोइरालाले भने, ‘अहिले निरास हुनुपर्ने कुनै अवस्था छैन, निराशा भनेको रोग हो, एउटाबाट अर्कोमा सर्छ, त्यसैले धैर्य गर्नुहोस्, संविधान तोकिएकै समयमा आउँछ ।’

,

0 comments

Write Down Your Responses