३० प्रतिशत कृषि कर्जा काठमाडौंमा !

बैंक तथा वित्तीय संस्थाहरुले काठमाडौं शहरमा सबैभन्दा बढी कृषि कर्जा प्रवाह गरेका छन । कृषिका लागि पर्याप्त जमिन पनि नभएको काठमाडौंमा कृषिका लागि नै सबैभन्दा बढी कर्जा प्रवाह भएको तथ्यांक राष्ट्र बैंकले सार्वजानिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्षमा कृषि क्षेत्रमा २०७०/०७१ मा कूल ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा काठमाडौं उपत्यकामा मात्रै १५ अर्ब रुपैपाँ कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैंकले वीरगञ्ज ७ क्षेत्रमा गरेको अध्ययन अनुसार कृषि कर्जा प्रवाह भएको दोस्रो क्षेत्र बीरगञ्ज हो । बीरगञ्ज क्षेत्रमा १८.२ प्रतिशत कर्जा प्रवाह भएको छ ।
त्यसैगरी, विराटनगर क्षेत्रमा १४.६ प्रतिशत, पोखरा क्षेत्रमा १०.५, सिद्धार्थनगर क्षेत्रमा ९.७ प्रतिशत, जनकपुर क्षेत्रमा ८.४ प्रतिशत, नेपालगञ्ज क्षेत्रमा ४.२ प्रतिशत तथा धनगढी क्षेत्रमा ४.१ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
समग्र कृषि क्षेत्रमा कृषि क्षेत्रमा आव २०६९/०७० को तुलनामा ०७०/०७१ मा २७.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो कर्जा ४२.२ प्रतिशतले बढेको थियो ।
‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको कम्तिमा १२ प्रतिशत कृषि तथा उर्जा क्षेत्रमा प्रवाह गनुपर्ने गरी निर्देशन जारी पछि कृषि कर्जाको मागमा समेत विस्तार हँुदै गएकोले यस्तो कर्जामा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

0 comments

Write Down Your Responses