भारतमा काठ गोदाममा आगलागी, ८ नेपालीको मृत्यु
|
१३ पुस, काठमाडौ । महाराष्ट्रको ठाने जिल्लास्थित भिवण्डी इलाकामा शनिवार एक काठ गोदाममा आगो लाग्दा आठ जनाकाृ मृत्यु भएको छ । मुम्बईबाट झण्डै १५ किलोमिटर टाढा भिवण्डी सहरको काठ गोदामा राती सवै जना सुतिरहेको बेलामा आगलागी भएको थियो ।
सवै मजदुरहरु सुतिरहेको बेलामा राती दुई बजे आगो आगो हो । आगोमा जलेर आधा दर्जन गम्भीर घाइते छन् । घाइते भएकाहरुको सरकारी अस्पलतालमा उपचार भइरहेको छ ।
ठाने प्रहरीका अनुसार, काठ गोदाममा विद्युत सर्किटमा आएको गडबडीले गर्दा राती आगो लगोको हो । मृत्यु हुने सवै नेपालीहरु रहेको प्रहरीले जनाएको छ । कपिलवस्तुको सतभराबाट रोजगारीका लागि गएका उनीहरु एउटै गोदाममा काम गर्दै आएका थिए ।
मुम्बईस्थित नेपाली श्रमिक युनियनका अध्यक्ष मास्टर थापाका अनुसार मृत्यु हुनेमा गौरी चौहान, गणेश चौहान, मुन्नीलाल अहिर, मुरली मुराउ, सयल रैदास तथा थर नखुलेका तिलकराम, अजय र निरज रहेका छन् । गौरी, गणेश, मुन्नीलाल, मुरली र सयल एकै गाउँका हुन् । घटनापछि युनियनकै सहयोगमा मृतक नेपालीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।
uf
0 comments
Write Down Your Responses