बसको ठक्करले कीर्तिपुरमा एकको मृत्यु ठक्करदिने बसको पहिचान भएन

१३ पुस, काठमाडौं । कीर्तिपुरको भत्केपाटीमा यात्रुबाहक बसको ठक्कबाट एक पैदलयात्रीको मृत्यु भएको छ । नुवाकोट घर भइ हाल कीर्तिपुर ७ बस्ने शुकबहादुर तामाङको मृत्यु भएको हो । शनिबार बिहान कीर्तिपुरबाट भत्केपाटी जाँदै गरेको बसले तामाङलाई ठक्कर दिएको स्थानीयले बताए पनि बसको पहिचान नभएको भत्केपाटीका रघु विष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
दुर्घटनामा संलग्न रहेको आशंकामा कीर्तिपुर प्रहरीले एउटा बसलाई नियन्त्रणमा लिएको छ । उक्त बसमा रगतको छिटा देखिएको भएपनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई शिक्षण अस्पतालमा राखिएको छ । तामाङ मजदुरी काम गर्दै आएका थिए ।

0 comments

Write Down Your Responses