डेढ दर्जन बढी स्वास्थ्यकर्मी बर्खास्त गरिदै

२ महिनासम्म जानकारी नै नदिइ अनुपस्थित
१३ पुस, काठमाडौ । देशका विभिन्न क्षेत्रीय तथा अञ्चल अस्पतालका चिकित्कसहित डेढ दर्जन बढी कर्मचारीहरु कार्यलयमा अनुपस्थित रहेको भन्दै बर्खास्त गर्ने तयारी गरिएको छ ।
doctorविना जानकारी बिदा स्वीकृत नै नगराई ६० दिन भन्दा बढी कार्यालयमा अनुपस्थित रहेको भन्दै सरकारले पहिलो चरणमा विभिन्न अस्पतालका २० जना कर्मचारीलाई बर्खास्त गर्ने तयारी गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वाजनिक सूचना नै जारी गरि मेची अञ्चाल अस्पतालदेखि महाकाली अञ्चलन अस्पताल कञ्चनपुरसम्मका २० कर्मचारीलाई अनुपस्थितिबारे सफाई पेश गर्न आग्रह गरेको छ ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८६ (क)को २ को ब्यवस्था अनुसार बिदा स्वीकृत नगराई लगातार ६० दिन भन्दा बढी अनुपस्थित रहेको पाइएमा सोही ऐनको दफा ८४ १ (ख) अनुसार कारवाही हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अस्पतालमा विना जानकारी ६० दिन भन्दा बढी अनुपस्थित हुने चिकित्सकहरुमा मेची अञ्चल अस्पताल झापाका डा. रोहितकुमार चौधरी, धौलागिरी अञ्चल अस्पताल बाग्लुङ्का डा.अमिता थापा, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका डा. निर्मल लामिछानेसहित पाँच स्वास्थ्यकर्मी छन् । मन्त्रालयले सफाई मागेका कर्मचारीहरु नवौं तहदेखि चौथो तह अहेवसम्मका छन् ।
कारबाही गर्नु नपर्ने कुनै प्रमाण भए ती कर्मचारीहरुलाई ३५ दिनभित्र प्रमाण पेश गर्न मन्त्रालयले आग्रह गरेको छ । कारबाहीमा परेका कर्मचारीहरुलाई भने अनुपस्थित भएको मितिदेखि नै बर्खास्त गरिने उल्लेख छ ।

0 comments

Write Down Your Responses