महानायक महोत्सवका लायक

अभिनेता राजेश हमाल यतिबेला फिल्मको पर्दामा छैनन् । उनको फिल्ममा स्टारडम हराएको विश्लेषण हुन थालेको छ । राजेशले हातमा आएजति सबै फिल्ममा काम गर्दा उनका कुनै पनि फिल्म चलेनन् । राजेश हमालले जस्तो पायो त्यस्तो फिल्ममा काम गर्यो भन्नेहरु पनि कम थिएनन् ।


यसैले आज हमालको स्टारडम कमजोर बनेको छ । तर, पर्दामा दर्शक हेर्न हलसम्म नआएपनि महोत्सवमा भने हमालकै बोलबोलाई छ । नेपालमा एकपछि अर्को आयोजना हुने अधिकांश महोत्सवमा राजेश नै पुग्ने गरेका छन् । महोत्सवमा राजेश पुग्दा हजारौं दर्शकको उपस्थिती हुन्छ । जसका कारण पनि आयोजकहरु हमाललाई महोत्सवमा बोलाउन लालयित छन् ।

हमाल पनि चित्तवुझ्दो पैसा आएपछि जुनसुकै महोत्सवमा पुग्ने गरेका छन् । यो बर्ष पनि हमालको महोत्सव यात्रा सुरु भैसकेको छ । महोत्सवमा केहि समय बिताएर फिल्मका दुई चार संवाद बोल्दैमा राम्रो आम्दानी हुने भएकाले पनि राजेश महोत्सवमा कुदिरहेका छन् ।

महोत्सवमा हमाललाई हेर्न उर्लिने दर्शक हलमा किन आउँदैनन् त ? महानायक के महोत्सवका लागि मात्र लायक हुन् त ? प्रश्न उब्जेको छ ।
काठमाण्डौ, २०७१ पौष १२, शनिवार

0 comments

Write Down Your Responses