ग्यास आपूर्ति बढाउन सरकारलाई व्यवसायीको १० दिने अल्टिमेटम

११ पुस, काठमाडौं । ग्यास विक्रेता महासंघले बजारको माग अनुसार एपी ग्यास आपूर्ति गर्न सरकारलाई १० दिने अल्टिमेटम दिएको छ ।

महासंघले शुक्रबार पत्रकार सम्मेलन गरेर सहज आपूर्ति नहुँदा व्यवसायीहरु कुटिन थालेको भन्दै सरकारलाई अल्टिमेटम दिएको हो । १० दिनभित्र सहज आपूर्ति नभए डिलरको तालाचाबी सरकारलाई बुझाउने महासंघले चेतावनी दिएको छ ।

जाडो बढेसँगै बजारमा ग्यासको माग बढेको छ । तर, सअज आपूर्ति नभएकाले अभाव रहेको व्यवसायीहरुले बताएका छन् । तराईका जिल्लाहरुमा ग्यासको अभाव निकै बढी छ भने उपत्यकामा ४० प्रतिशत अपुग छ ।
ग्यास नपाउँदा जनकपुरमा सन्तोकुमार झा कुटिएको महासंघले जनाएको छ । ग्यास अभावले नयाँ सिलिण्डर बेच्ने चलखेल पनि बढेको ग्यास व्यवसायीहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses