सिन्धुलीमा सवारी दुर्घटना, दुईको मृत्यु

११ पुस, काठमाडौं । सिन्धुलीको कमलामाईमा शुक्रबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
सिन्धुलीबाट बर्दिवासबाट ना २ ख ५८३६ नम्बरको बस र विपरित ना २ च ६९५९ नम्बरको जीप कमलामाई ७ बुकामा एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । घाइतेहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

,

0 comments

Write Down Your Responses