माघ ८ मै संविधान ल्याउने प्रयास जारी छः प्रचण्ड

१२ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्धारित समय मै संविधान ल्याउने प्रयास जारी रहेको बताएका छन् । दलहरु सहमतिका लागि जुटेको भन्दै माघ ८ मै संविधान ल्याउन सहमतिको प्रयास भइरहेको प्रचण्डले बताए ।

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)ले निर्धारित समयमा संविधान जारी गर्न दबाब दिने उद्देश्यले शनिवार दाहाल निवास लाजिम्पाटमा बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले विवादित बिषयमा सहमतिको अधिकतम प्रयास भैरहेको बताए ।
संघीयताको मुलभूत विषयमा बहस भैरहेको र छिट्टै निकास निस्कने पनि विश्वास पाउने भन्दै प्रचण्डले दलहरु संविधान निर्माणमा गम्भीर भएर लागेका छन् । निर्धारित समयमै संविधान जारी हुन्छ् ।
ज्ञापनपत्र बुझाउँदै नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अन्जनीकुमार झाले दलहरु झिना मसिना बिषय छोडेर संबिधान निर्माणमा केन्द्रीत हुनुपर्ने बताए । पापडले यसअघि प्रधानमन्त्री सुशील कोइराला, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ लगायतलाई ज्ञापन पत्र बुझाएर निर्धारित समयमै संविधान ल्याउन दबाब दिएको छ ।

,

0 comments

Write Down Your Responses