`रेखासँग मेरो प्रतिस्पर्धा होइन` : आर्यन
|
अभिनेता आर्यन सिग्देलको फिल्म अलबिदा पौष २५ गतेबाट प्रदर्शनमा आउँदैछ । यही दिन रेखा थापाको अभिनय रहेको फिल्म 'तथास्तु' पनि हलमा लाग्दैछ ।

आर्यनले आफूलाई हेर्न दर्शक सधैं उत्सुक भएर रहने समेत बताए । बारम्बार रेखा थापासँग गाँसिए पनि आर्यन उनको बारेमा बोल्न त्यति उत्साहित भएको देखिदैन । आर्यनले आफ्नो कोही दुश्मन समेत नभएको बताए ।
हसन खानको निर्माणमा तयार भएको 'अलबिदा'मा आर्यनका साथमा अनिता आचार्य र हसनको अभिनय छ । यो फिल्ममा आर्यन प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । 'अलबिदा'मा आर्यन र 'तथास्तु'मा रेखाले एक्सन दृश्य दिएका छन् । दुबैको एक्सन हेर्न दर्शक पक्कै आतुर छन् ।
0 comments
Write Down Your Responses